site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा भीषण बाढी, ६० हजार मानिसको उद्धार
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनमा आएको भीषण बाढीका कारण अधिकारीहरूले गुआंगडोंग क्षेत्रबाट करिब ६० हजार मानिसको उद्धार गरेका छन् । चीनको अत्यधिक जनघनत्व भएको सो क्षेत्रमा वर्षापछि भीषण बाढी आएको हो ।

बाढीका कारण ११ जना बेपत्ता छन् । यद्यपि, कसैको मृत्युको विवरण आएको छैन । ठूलो भू–भाग बाढीका कारण डुबानमा परेको छ र लाइफबोटको प्रयोग गरी मानिसको उद्धार गरिएका दृश्य सरकारी सञ्चार माध्यमले प्रसारण गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

थुप्रै मुख्य नदीहरूका तटबन्ध भत्किएका छन् । अधिकारीहरूले खतरनाक रूपमा उच्च तहमा भएको पानीको बहावको अनुगमन गरिरहेको जनाइएको छ । सो क्षेत्रमा १०० वर्षको अन्तरमा फेरि पनि पानीको सतह उच्च तहमा जान सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । 

प्रान्तीय राजधानी गुन्झाओका केही सहर पनि बाढीले निकै प्रभावित भएका छन् । सो क्षेत्रका करिब १.१६ मिलियन घरमा बत्ती गएकोमा ८० प्रतिशत आइतबार बेलुकासम्ममा पुनस्र्थापना गरिएका छन् । उडान अवरुद्ध गरिएका छन् र कम्तीमा तीन सहरमा विद्यालय बन्द गर्न आग्रह गरिएको छ । प्रान्तका दर्जनौँ घर क्षतिग्रस्त भएका छन् । बाढीबाट करिब १४०.६ मिलियन यूआन बराबरको क्षति भएको जनाइएको छ । बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement