site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तरीको कञ्चनरूपमा भएको आगलागीबाट २४ घर जलेर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको कञ्चनरूप नगरपालिका–५ पडेमराको सरदार टोलमा आज भएको आगलागीमा २४ वटा घर जलेर नष्ट भएका छन् । 

स्थानीय लालमोहन सरदारको गाई गोठमा बालेको आगोबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागीबाट १२ परिवारका २४ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट आशा सरदारका दुईवटा, लालबहादुर सरदारका दुईवटा, बिजुली सरदारका तीनवटा, बुटु सरदारका दुईवटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परिवारका २४ वटा घर जलेका हुन् ।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए ।

वैशाखमा अत्याधिक हावाहुरीका कारण आगलागीको घटनामा वृद्धि भएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro