site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एसियन राजमार्ग : रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरू
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

झापा । पूर्व-पश्चिम एसियन राजमार्गअन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरू भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिएका हुन् । 

उनका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कर्ल्भट बनाउने काम धमाधम भइरहेको छ  । सडक किनारमा रहेका चार हजार ७३० रुखमध्ये तीन हजार ६००  रुखसमेत कटान गरिसकेको उनकाे भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरू गरिएको एसियन राजमार्गको सो सडकखण्डमा १४० कल्भर्ट र २१ पुल निर्माण हुने उनले जानकारी दिए । 

एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रूपमा काम गरिरहेको छ । “काम तीव्र रुपमा भइरहेको छ”, उनले भने, “रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कर्ल्भटको काम पनि द्रुतगतिमा भइरहेको छ ।”

Global Ime bank

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरू भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्ब रुपैयाँको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताए ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरूपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाट स्थल मार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा रहेको छ । 

उनले एसियन हाइ-वेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिए । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरू भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकरभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !