site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानी सैन्य हेलिकाेप्टर दुर्घटना : एकजनाको मृत्यु, सात बेपत्ता

टोक्यो । जापानमा शनिबार राति दुई सैन्य हेलिकाेप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एकजनाको मृत्यु र सातजना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ)का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एकजनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए । 

Dabur Nepal
NIC Asia

“उद्धारकर्मीले समुद्रमा विमानको भाग भएको मानिएको कुरा भेट्टाएका छन् र हामीले दुई हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ,” रक्षामन्त्री मिनोरू किहाराले भने, “अहिले यसको कारण थाहा भएको छैन, तर सबैभन्दा पहिला हामी मानिसको उद्धारका लागि प्रयास गर्नेछौँ ।”

धेरै घन्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्युको पुष्टि भएको उनले बताए । “मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकाेप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छ,” मन्त्री किहाराले भने । 

हेलिकप्टर प्रशान्त महासागरमा इजु टापु समूह नजिकै रातिको समयमा पनडुब्बीहरूको सामना गर्ने प्रशिक्षणका क्रममा दुर्घटना भएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् । 

सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का प्रमुख रयो सकाईले भने, “उडान रेकर्डरको विश्लेषण भइरहेको छ, अधिकारीहरूले अभ्यासमा संलग्न रहेको तर दुर्घटनामा सहभागी नभएको तेस्रो हेलिकाेप्टरका चालक दलका सदस्यहरूको अन्तर्वार्ता लिइरहेका छन् ।”

प्रसारक एनएचकेले वरपरका जल क्षेत्रमा कुनै अन्य विमान वा जहाज नभएकाले घटनामा कुनै अन्य देशको संलग्नताको सम्भावना नभएको एमएसडीएफले जनाएको बताएको छ ।  रासस/एएफपी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro