site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्व-पश्चिम राजमार्ग विस्तार : रुख काट्ने कार्य अन्तिम चरणमा
प्रतीकात्मक तस्बिर

काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई एसियाली सडकका रुपमा विस्तार गर्न दुई लेनबाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  

झापाको काकडभिट्टाबाट लौकहीसम्मको सडक विस्तारका लागि ‘राइट अफ वे’अन्तर्गत परेका रुख काटिएको हो । सडक विभाग, वन कार्यालयका कर्मचारी, ठेकेदार प्रतिनिधिहरूको रोहवरमा रुख काटेर दाउरा र गोलिया छुट्याई घाटगद्दी गर्ने गरिएको कानेपोखरी सव–डिभिजन वन कार्यालयका वन रक्षक लालबहादुर मगरले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनले चिसाङ पुलदेखि डाँसखोलासम्मको करिब ५ हजार ५३ वटा रुख दुई महिनादेखि काट्न थालिएको र केही दिनमा रुख काट्ने काम सम्पन्न हुने बताए । 

वन क्षेत्रमा ‘राइट अफ वे’ २५ मिटरबाट साढे १७ मिटर कायम गरिएपछि काट्नुपर्ने रुखको संख्या घटेको छ । विभिन्न सामुदायिक वन र राष्ट्रिय वनअन्तर्गत रहेका रुख सामुदायिक वनको कि स्थानीय पालिकाको स्वामित्वमा रहने विवाद रहेकोमा अहिले रुख काटेर वन कार्यालयमा घाटगद्दी गर्ने कार्य भइरहेको हो । मोरङमा करिब २६ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि साइट क्लियर गर्ने कार्य भइरहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro