site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दागपास्थितमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कालुबहादुर लिम्बूको आठ वर्षीय छोरा सुदिप छन् । शनिबार राति आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro