site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुपन्देहीका नौ गाउँमा आगलागी

भैरहवा । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली र घरमा क्षति भएको छ ।

रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौ गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ । आगोले मानवीय क्षति नभए पनि ४० घर जलेका र ३९ बाख्रा मरेका उनले बताए ।

प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियोे ।

गैडहवा गाउँपालिकामा पनि आगलागीबाट लाखौँको क्षति भएको छ । त्यहाँ गोठमा आगलागी हुँदा नौ बाख्रासहित तीन लाख रुपैयाँ बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–९, पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगोे होटेल पवन प्यालेस परिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्नसहित सात लाख रुपैयाँबराबरको क्षति भएको प्रवक्ता भट्टले बताए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro