site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचौँ जित निकाल्दै दोस्रो स्थानमा उक्लियो हैदराबाद

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पाँचौँ जित निकाल्ने क्रममा दिल्ली क्यापिटल्सविरुद्ध ६७ रनको जित निकालेको छ ।

शनिबार अरुन जेट्ली रंगशालामा भएको खेलमा हैदराबादले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९.१ ओभरमा सबै विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो ।

दिल्लीका ज्याक फ्रासेसले १८ बलमा ६५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । अभिषेक पोरेलले २२ बलमा ४२ रन बनाए । कप्तान ऋषभ पन्तले ४४ रनको योगदान गरे । पृथ्वी सले १६ र ट्रिस्टान स्टुबले १० रन थपे ।

हैदराबादका कप्तान प्याट कुमिन्सले चार विकेट लिए । मयंक मार्कन्डेले र नितिन कुमार रेड्डीले समान दुई विकेट लिए । वासिङ्टन सुन्दर र भुवनेश्वर कुमारले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २६६ रनको योगफल खडा गरेको थियो ।

हैदराबादका ओपनर ट्राभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाएका थिए । अभिषेक शर्माले १२ बलमा ४६ रन बनाए । पहिलो विकेटको लागि यी दुईले १३१ रनको साझेदारी गर्दै हैदराबादलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

यस्तै, शहबाज अहमेदले ५९ रन बनाए । नितिश कुमार रेडीले ३७ र हेनरिक क्लासेनले १५ रनको योगदान गरे ।

दिल्लीका कुलदीप यादवले चार विकेट लिए । यस्तै, मुकेश कुमार र अक्षर पटेलले समान एक विकेट हात पारे ।

जितसँगै हैदराबाद सात खेलबाट दश अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । आठ खेलबाट ६ अंकसहित दिल्ली सातौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro