site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– उपधारा ५ को सरकार अमरत्व प्राप्त हो ? 

विराटनगर । कोसी प्रदेशसभामा संकल्प प्रस्तावमाथि छलफल सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद नारायण बुर्जाले संकल्प प्रस्तावको मर्मले नै सरकार अल्पमतमा परिसकेको सन्देश दिएको बताए । 

माओवादीका अर्का सांसद गोम्बु शेर्पाले नेपालको संविधानको १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले इतिहास रचेको भन्दै राजनीतिक उचाई बढेको बताए । भने, “तर, अहिले राजनीतिक परिवर्तनपछि संसद् मुख्यमन्त्रीको पक्षमा देखिएको छैन । त्यसैले सजिलो र भरपर्दो उपाय राजीनामा नै हो ।” 

माओवादी सांसद गीता तिम्सिनाले संकल्प प्रस्ताव समय सन्दर्भ मिलाएरै आएको बताइन् । माओवादी सांसद सपना दर्जीले सरकार अल्पमतमा परेको दाबी गरिन् । 

कांग्रेस सांसद खगेनसिंह हाङगामले राजनीति सम्भावनाको खेल हो भन्दै प्रदेशको मार्गदर्शन के हुने भन्ने प्रस्ट हुन जरुरी भएको बताए । उनले भने, “संकल्प प्रस्ताव बेमौसमी फल हो । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन सकिँदैन ।”

रोष्ट्रमको रुप पनि फरक–फरक हुने भन्दै उनले राजनीतिक फेरबदलले प्रदेशमा असर गरेको बताए । कांग्रेस सांसद विनोद राईले मुलुकको विकास, प्रदेशको विकास, प्रदेशको अँध्यारो कसरी हटाउने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । भने, “संकल्प प्रस्ताव राजीनामा माग्ने विषयमा केन्द्रित हुनु हुँदैन ।”

राईले कम्युनिष्टहरूले सुझबुझ ढंगले काम गर्न नसकेको र माओवादी यताउता गरिरहने प्रवृत्तिबारे टिप्पणी गरे । भने, “उपधारा ५ अनुसार बनेको सरकारले दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन सकिँदैन । बरु मन्त्री बन्न चाहनेलाई बनाऔँ ।” उनले मुख्यमन्त्रीलाई सर्वदलीय सरकार बनाउन सुझाव दिए । 

एमालेका लीलावल्लभ अधिकारीले उपधारा ५ अनुसारको सरकारको विकल्प हुन्छ कि हुँदैन भन्दै प्रश्न गर । भने, “अब प्रदेशसभा विघटन हुन्छ की के हुन्छ भन्ने द्विविधा बढेको छ । के यो सरकार अमरत्व प्राय हो ?” उनले प्रदेशसभा विघटन हुन नसक्ने बरु पाँच वर्ष चल्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro