site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खराब कर्जा घटेसँगै कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म दुई अर्ब पाँच करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म ९७.२२ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको चैत मसान्तसम्म बैंकले एक अर्ब चार करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । उक्त अवधिमा बैंकले सात अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकले चैत मसान्तसम्म एक खर्ब ९६ अर्ब दुई करोड रुपैयाँ ऋण लगानी गरेको छ भने दुई खर्ब २८ अर्ब आठ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको खराब कर्जामा भने सुुधार देखिएको छ । गत वर्षको चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.२० प्रतिशत थियो भने चालु वर्षको सोही अवधिमा यस्तो कर्जा घटेर ३.३० प्रतिशतमा झरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro