देश

काठमाडौं । सरकारले लैनचाैरस्थित नेपाल स्काउटकाे जमिनमा बनेका संरचनामा सिल गरेको छ ।
लिजकाे म्याद सकिए पनि निजी कम्पनीले भाेगचलन गरिरहेकाले सिल गरिरहेको प्रशासनले जनाएको छ ।
बिहीबार राति जिल्ला प्रशासन कार्यालयले प्रहरीकाे सहयाेगमा स्काउटको जमिनमा बनेका संरचनामा सिल गरेको हो ।
उपप्रधान एवं गृहमन्त्रीकाे निर्देशन पछि स्थानीय प्रशासनले सिल गरेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ २२:०८
प्रतिक्रिया दिनुहोस्