site stats
बाह्रखरी :: Baahrakhari
देश
जनकपुरमा नौ महिनाको शिशु र जल्दै गरेकी महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीले धनुषाको पुलचोकमा रहेको रेल्वे लिक नजिक जलिरहेको एक महिलाको शव फेला पारेको हो ।

शव महोत्तरीको मनरा शिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको रहेको खुलेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

बुधबार राति शव जलिरहेको देखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको छ । प्रहरीले उनी आफैँले पेट्राेल छर्केर आत्मदाह गरेकाे हाे वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे अनुसन्धान सुरु गरेको एसपी तिवारीले बताए ।

महिलासँगै नौ महिनाको बालकको पनि जलेल मृत्यु भएको छ । प्रियंका महोत्तरीबाट रामनवमीमा जनकपुरको राममन्दिर दर्शनका लागि जान्छु भनेर हिँडेको खुलेको प्रहरीले जनाएको छ । घरमा श्रीमानसँग उनको झगडा भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu