site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रपति रनिङ शिल्ड : गणेशद्वारा हाइजम्पमा ६ वर्ष पुरानो रेकर्ड सुधार 

काठमाडौं । जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाक एण्ड फिल्डमा हाइजम्पतर्फ गणेशले १.८१ मिटर उचाइ जम्प गर्दै ६ वर्ष अगाडिको कीर्तिमान सुधार गरेका हुन् । 

यसअघि २०७५ सालमा लुम्बिनीका प्रभु थारूले १.७७ मिटरको कीर्तिमान बनाएका थिए । जुन मंगलबार गणेशले सुधार गरेका हुन् । यससँगै गणेशले राष्ट्रिय कीर्तिमानमार्फत १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसै विधामा वाग्मती प्रदेशका अविनास सुनारले रजत पदक जिते । उनी १.७५ मिटर माथि उचाइ उफ्रिए । लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा १.७० मिटर उचाइ उफ्रँदै कास्य पदक जित्न सफल भए । 

Dabur Nepal
NIC Asia

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मंगलबारदेखि सुरू भएको राष्ट्रपति रनिङ शिल्डमा कुल ६ खेल विधामा प्रतिस्पर्धा हुँदै छ । यीमध्ये एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार आठ स्पर्धाको सकियो । छात्रा हाइजम्पमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी र गण्डकीकी सीमा श्रेष्ठ शीर्ष दुईमा रहे । सुस्मिता १.४१ मिटर र सीमा १.३८ मिटर उचाइ उफ्रिए । लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा दुवैजना कास्य पदक जित्न सफल भए । दुवै जना १.३० मिटर उचाइ उफ्रिए । 

छात्र एक हजार पाँच सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण पदक जित्दा कर्णालीका अजय विकले रजत हात पारे । सुदूरपश्चिमका विक्रम विकले कास्य पदक प्राप्त गरे । यसै विधाको छात्रामा कर्णालीकी कल्पना बुढाले स्वर्ण, सुदूरपश्चिमकी देवकीकुमारी धामीले रजत र वाग्मतीकी अस्मिता भुजेलले कास्य पद जिते । छात्रको चार सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जिते । वाग्मतीका सन्तबहादुर दराईले रजत र कोसी प्रदेशका राकेश सार्कीले कास्य पदक जित्न सफल भए । 

यसै स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्काले स्वर्ण जितिन् भने लुम्बिनीकी अनिशा थारूले रजत र कर्णालीकी भावना कर्साले कास्य जित्न सफल भए । छात्रको एक सय मिटर दौडमा मधेस प्रदेशका आदेशकुमार यादवले स्वर्ण जित्दा वाग्मतीका प्रवीण रानाले रजत पदक जित्न सफल भए । सुदूरपश्चिमका चन्द्र बोहराले कास्य पदक जिते । यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले स्वर्ण जित्दा गण्डकीका एञ्जल अधिकारीले रजत पदक जितिन् गण्डकीकै निशा घर्तीले कास्य पदक हात पारिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro