site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सातवटा संसदीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष)का बारेमा छलफल हुनेछ । 

बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडिबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानुनी जटिलता एवं डढेलो तथा हात्ती आतंक नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री/सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । 

बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ ।

Global Ime bank

बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाइ हुनेछ ।

मध्याह्न साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement