site stats
बाह्रखरी :: Baahrakhari
देश
गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द रहने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने भएको छ,” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका बन्द गरिँदै छ ।”

मंगलबार साँझ ५ः१५ बजेदेखि  मतदान समाप्त हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् ।

“स्वास्थ्य सेवाबाहेक अन्य पूर्णरूपमा बन्द रहनेछन्,” उनले भने, “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिस्टेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।” रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्