देश

सर्लाही । सर्लाहीका विभिन्न स्थानमा शुक्रबार (जेठ २) साँझ आएको हुरीका कारण ६ जना घाइते भएका छन् । हुरीका कारण घर, सवारीसाधनमा क्षति पुगेको छ ।
शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो । हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।
हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा, च्यापिँदा, हुरीले उडाएको जस्तापाताले लागेरलगायत घटनामा सर्लाहीका विभिन्न स्थानमा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ १५:३७
प्रतिक्रिया दिनुहोस्