site stats
बाह्रखरी :: Baahrakhari
देश
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार (जेठ ३) विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार, ११ हजार भोल्टको ‘हाइटेन्सन लाइन’को खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यालयका सूचना अधिकारी एवं डीएसपी मीनबहादुर घलेले घटनाको अनुसन्धाननिम्ति इन्स्पेक्टर दिनेशबहादुर कुँवरको कमान्डमा टोली खटाइएको बताए ।

परियार तार जोड्न खम्बामा चढेका थिए । नेपाल विद्युत् प्राधिकरणले सूचनाबिना नै बिजुली लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।

विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले त्यसवरिपरि गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायत विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो ।

परियारको शव खम्बाबाट निकालेर परीक्षणनिम्ति धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्