site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आईएमई बैंकले ल्यायो विशेष अफर, ६ हजारको किस्ताबन्दीमा विदेश भ्रमण 
Dabur Nepal
NIC Asia

काठमाडौं । ग्लोबल आईएमई बैंकले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले क्रेडिट कार्ड होल्डर ग्राहकका निम्ति यो योजना ल्याएको छ । आईएमई ट्राभल्ससँगको सहकार्यमा बैंकले यो योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टूर प्याकेजमा थाइल्याड, इन्डोनेसियाको बाली र दुबई भ्रमणका लागि सहुलियत मूल्यका अफर रहेको कम्पनीले जनाएको छ । 

बैंकले आन्तरिक भ्रमणका निम्ति न्यूनतम् तीन हजार २१० रुपैयाँ र विदेश भ्रमणको निम्ति ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । क्रेडिट कार्ड हुने ग्राहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टूर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । योजनामा आवद्ध भएर क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई बैंकले कार्डको शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro