
काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट र टिभीका ग्राहकलाई ग्राहक सेवा एप, 'माई डिशहोम एप'मार्फत चाँडै ग्राहक भर्चुअल प्रिभिलेज कार्ड नामक विशेष सेवा उपलब्ध गराउने भएको छ । यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलोपटक ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
डिशहोम ग्राहक प्रिभिलेज कार्ड पूरै भर्चुअल हुने बताइएको छ । यो एक्टिभ सदस्यता भएका ग्राहकहरूको माई डिशहोम एपमा स्वचालितरूपमा देखिने कम्पनीले जनाएको छ । यस कार्डमार्फत ग्राहकले २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाईल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा डिशहोमले सहकार्य गर्दैछ । यसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्ने बताइएको छ ।
“डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली इकोसिस्टम तयार गर्दै छौँ ।”
यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ । जसले यसलाई सुरक्षित र विशेष बनाउँछ । सेवा सुरु भएपछि ग्राहकहरूले 'माई डिशहोम एप'बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।