site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको प्रश्न– देश टुक्रिन्छ भन्नेलाई के हुन्छ ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरुमाथि प्रश्न उठाएका छन् । 

उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक कुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढहरुको धारणा के छ ? भनी प्रश्न गरे । 

“सत्तापक्षका माननीयज्यूहरु स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो,” झाले भने, “तर, अहिले सरकारमा दुई मन्त्री रहेका पार्टीका एक नेताले देश नै टुक्र्याउने धम्की दिएका छन् ।” 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्