site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इजिप्टसँग विपीन जोशीबारे छलफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता स्पेनमा भएको स्टोनियाका राष्ट्रपति अलार कारिससँगको भेटमा सूचना प्रविधिका विषयमा छलफल भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउने क्रममा ओलीले स्टानियाका राष्ट्रपतिसँग सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताएका हुन् ।

“स्टोनियाका राष्ट्रपतिसँग भएको भेटवार्तामा सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भयो,” प्रधानमन्त्री ओलीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्पेनको सेभियामा स्पेनका प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता भएको उनले जनाए । भेटमा नेपाल र स्पेनबीच विभिन्न क्षेत्रमा सहकार्य गदै सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।

ओलीले सेभियामा पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग विभिन्न पक्षमा छलफल भएको बताए ।

इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय हित र चासोको विषयमा छलफल भएको उनले बताए । उनीसँग विपीन जोशीको रिहाइका लागि निरन्तर पहल गर्न पनि आफूले अनुरोध गरेको उनले जनाए ।

“यी भेटवार्ताले नेपालको बहुपक्षीयता तथा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याउनेछ,” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्