site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'कुलिङ पिरियड' छानबिन समितिको संयोजकमा सांसद परियार

काठमाडौं । संघीय निजामती विधेयकमा 'कुलिङ पिरियड'मा भएको भनिएको छेडखानीबारे गठित संसदीय छानबिन समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार तोकिएका छन् ।

सोमबार प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले परियार संयोजकत्वको सात सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिमा नेपाली कांग्रेसबाट परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट नारायण आचार्य र ईश्वरी घर्ती छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्