site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रभु बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहणसमेत गरेका हुन् ।

कार्कीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रूपमा सेवा गरिसकेका छन् ।

त्यसैगरी उनले निजामती किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका छन् । यसका साथै, अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर कार्यानुभव हासिल गरेका छन् ।  

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्