site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ओमोडा एन्ड जेइकोले ल्यायो देशव्यापी ‘मनसुन चेक–अप क्याम्प’

काठमाडौं । ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी ‘मनसुन चेक–अप क्याम्प’ सुरु गर्ने घोषणा गरेको छ । आगामी असार २५ देखि २७ गतेसम्म (जुलाई ९ देखि ११) सञ्चालन हुने यो विशेष सेवा अभियानले मनसुनमा गाडीको उत्कृष्ट कार्यसम्पादन र सुरक्षाका लागि चेकअप तथा मर्मत सेवा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।

मनसुनको समयमा चुनौतीपूर्ण सडक र मौसम अवस्थाका लागि सवारी तयार बनाउन र सुरक्षित यात्रा सुनिश्चित गर्न यो क्याम्प सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागी हुने ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा शतप्रतिशत छुट, टप वासमा शतप्रतिशत छुट, सस्पेन्सन पार्ट्सको रिप्लेसमेन्टमा लेबर चार्जमा ५० प्रतिशत छुट, बडी सप जबमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा पनि १० प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।

ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक सेवा केन्द्रमै गुणस्तरीय सेवा पाउने व्यवस्था मिलाउँदै यो चेकअप क्याम्प एकैसाथ देशभर १२ वटा आधिकारिक सेवा केन्द्रमा सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यकामा सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगञ्ज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपी इन्टरनेशनल), दाङ (एनएल मोटो कर्प) र सुर्खेत (बुटवल भेराइटी) मा यो सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

एसपीजी अटोमोबाइल्सले सबै ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक सेवा केन्द्रमा गई मनसुन चेक–अप क्याम्पमा सहभागी भई उपलब्ध छुटहरूको लाभ उठाउन र आफ्नो सवारीसाधनलाई मनसुनका यात्रा र चुनौतीका लागि तयार पार्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्