राजनीति

विराटनगर । राप्रपाका गोपाल बहादुर विश्वकर्माले प्रदेश सभा बैठकमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री५ महाराजाधिराज भनि सम्बोधन गरेपछि एमाले प्रदेश सभा सदस्यले नियमापत्ति गरेका छन् ।
जन्मदिनको अवसरमा राप्रपाका सदस्यले शाहलाई शुभकामना दिएका थिए । तर, उनको यो भनाई प्रति नेकपा एमालेका प्रमुख सचेतक विदुर कुमार लिंथेपले नियमापत्ति गरे ।
उनले भने,‘‘उहाँ श्री ५ पर्नु भएन । संविधानले उहाँलाई चिन्दैन । यो रेडर्कबाट हटाइयोस ।’’ जवाफमा सभामुख अम्बर बहादुर विष्टले संविधानअनुसार नै हुने भन्दै लिंथेपलाई बस्न आग्रह गरे ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १४:४७
प्रतिक्रिया दिनुहोस्