site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरिएको आईपीओमा चार दिनभित्र आवेदन दिनुपर्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिन पाउने अवधि घटाएको छ । बोर्डले यसअघिको १५ दिनसम्म आवेदन दिन पाउने व्यवस्थालाई घटाएर आवेदन खुलेको चार दिन कायम गरेको छ । 

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौँ संशोधन) निर्देशिका, २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो । तर, आवेदन खुलेको चार दिनमा निष्कासन भएको सम्पूर्ण आईपीओ बिक्री नभए आवेदन खुल्ला भएको १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ । यो निर्देशिका आगामी साउन १ गतेदेखि लागु हुनेछ । 

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्