site stats
बाह्रखरी :: Baahrakhari
देश
भोजपुरमा पेस्तोल र गोलीसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका–९ स्थित जंगलबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका–१ का ३७ वर्षीय सुमन परियार छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट पेस्तोल एक थान, गोली ११ राउन्ड, म्यागजिन एक थान, सुन जस्तो देखिने पहेँलो धातुको गहना मारवाडी दुई थान, सिक्री एक थान, वेरूवा औँठी  एक थान र नगद ९ हजार ५० रूपैयाँ बरामद गरिएको छ ।  

परियारले स्थानीयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu