site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
'राष्ट्रपति रनिङ सिल्ड जुनियरस्तरको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा स्थापित गर्न जरुरी छ'
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"राष्ट्रपति रनिङ सिल्ड जुनियरको सबै भन्दा ठूलो प्रतियोगिता हो । यसलाई भव्य र सफल बनाउनु हामी सबैको कर्तव्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाऔँ," सदस्यसचिव घिसिङले भने, "प्रतियोगितासंग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ ।"

घिसिङले स्थानीय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भई हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियरस्तरको सबै भन्दा ठूलो प्रतियोगिताका रूपमा स्थापित गर्न जरुरी रहेको बताउँदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए ।

Global Ime bank

सदस्यसचिव घिसिङले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा खेलाडीलाई खाना/बसोवास बाहेक ‘पकेट मनी’ को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताए ।

राष्ट्रपति रनिङ सिल्ड वैशाख ४ गतेदेखि सुरु हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC