site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आवास संकट समाधान गर्ने योजनामा क्यानाडा
फाइल तस्बिर : रोयटर्स ।

ओटावा । क्यानाडा सरकारले राष्ट्रिय आवास संकट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।

यस योजनाले क्यानडा ‘मोर्टगेज एन्ड हाउजिङ कर्पोरेसन’को प्रक्षेपणमा सन् २०३१ सम्ममा ३८ लाख ७० घर आवासका निम्ति तयार गर्ने महत्त्वाकांक्षी रणनीति तय गरेको छ । यो योजनामा २० लाख नयाँ घर निर्माण गर्ने लक्ष्य समावेश छ ।

Dabur Nepal
NIC Asia

सरकारले सन् २०२३ र सन् २०२४ मा लिइएको उद्देश्यअनुरूप १२ लाख नयाँ घर निर्माणमा सहयोग गर्ने र २०३१ सम्ममा कम्तीमा आठ लाख थप घर निर्माण गर्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ योजनाअनुसार आवासलाई किफायती बनाउने प्रतिबद्धता गरिएको छ । यसले कुनै पनि कडा परिश्रम गर्ने क्यानाडालीले आफ्नो आम्दानीको ३० प्रतिशतभन्दा बढी आवास खर्चमा खर्च गर्नु पर्दैन ।

“कुनै पनि नागरिकले बस्नको लागि सुरक्षित ठाउँ छैन भन्ने चिन्ता गर्नुपर्ने अवस्था आउनु ठिक होइन,” विज्ञप्तिमा उल्लेख छ ।

क्यानाडालीले नागरिकमा अहिले सबैभन्दा ठूलो तनाव आवासको रहेको र परिवारलाई बस्नका निम्ति राम्रो ठाउँ पाउन गाह्रो भइरहेको छ । घरहरू बनाउन उच्च लागत रहेको र परियोजना पूरा गर्न धेरै लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro