site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ जनाको मृत्यु, ५५ घाइते
Sarbottam CementSarbottam Cement

कराँची (पाकिस्तान) । रमजानको समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैतीविरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए । सन् २०२३ को समान परिस्थितिमा १०८ जनाको मृत्यु र ४६९ जना घाइते भएको तथ्यांक छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग ४२५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र ४३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी)को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार ६२७ अपराध दर्ता भएका थिए । यसमा ५९ जनाको मृत्यु र लुटपाटको प्रतिरोधमा ७०० जनालाई चोट लागेको थियो । 

यसका अतिरिक्त यस अवधिमा ३७३ कार, १५ हजार ९६८ मोटरसाइकल र ६ हजार १०२ मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ । एआरवाई न्युजका अनुसार सीपीएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ । 

Global Ime bank

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए । उनले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement