site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकीमा मन्त्रालय टुक्र्याएर नौ बनाउने निर्णय
मुख्यमन्त्री खगराज अधिकारी ।

पोखरा । गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो ।

गण्डकी सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई टुक्र्याएको हो ।

यही चैत २५ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति विवादित बनेको छ । सर्वोच्च अदालतले कामचलाउ सरकारलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न बुधबार आदेश दिएको छ ।

उनै अधिकारीले गत वर्ष पुस २५ गते मन्त्रालयको संख्या धेरै भएको भन्दै १२ बाट घटाएर सातमा झारेका थिए ।

Global Ime bank

यस्तै, मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्तामा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी खगराज समूहबाट हालै एमाले लमजुङको अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu