site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप : पहिलो दिन सद्‌भाव, ईदान्त र अवानी शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्‌भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ–आफ्नो उमेर समूहमा शीर्ष स्थानमा रहेका छन् । 

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सद्‌भाव आचार्य ५–अन्डर ६३ को उत्कृष्ट स्कोरसहित शीर्ष स्थानमा रहे । उनले संसार विकेमाथि १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् ।

सद्‌भावले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । पहिलो, दोस्रो, चौथो र नवौँ होलमा एक–एक सट बचाए । तर ५–पारको तेस्रो होलमा डबल बोगी खेपे । यसपछि ब्याक नाइनमा १०औँदेखि १३औँ होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे । तर १८औँ होलमा एक सट खेर फाले र ब्याक नाइन ३–अन्डर ३१ मा पूरा गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो स्थानमा रहेका संसारले पहिलो दिनको खेल सकाउने क्रममाउनले फ्रन्ट नाइन ३–ओभर ३७ र ब्याक नाइन ५–ओभर ३९ मा सकाए । १०–ओभर ७ को स्कोरमा स्वप्नील भट्टराई तेस्रो स्थानमा छन् ।

पुरुषकै १२ देखि १६ वर्ष उमेर समूहमा ईदान्त सिंह साउद १६–ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका हुन। उनले फ्रन्ट नाइन ७–ओभर ४१ र ब्याक नाइन ९–ओभर ४३ मा पुरा गरे । १८–ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन् । यसैगरी सोहम अग्रवाल र दीपक बहादुर कामी २१–ओभर ८९ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन् ।

Global Ime bank

महिला खुल्लातर्फ अवानी राई २०–ओभर ८८ सहित शीर्षस्थानमा रहेकी छिन् । उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन् । आइसटिनाले २५–ओभर ९३ को स्कोर दर्ता गरिन् । 

५४ होलको तीनदिने प्रतियोगितामा पुरुषतर्फ २७ र चार महिला गरी कुल ३१ खेलाडीको सहभागिता छ । तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन् । प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा काठमाडौंबाहेक पोखरा, धरान र चितवनका खेलाडीको सहभागिता छ ।

यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको थियो । कोभिडपछि रोकिएको प्रतियोगिता हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै पुनः सुचारु भएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC