site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जितपछि आरसी ३२ प्रशिक्षक भन्छन्– वाग्मतीबाट अंक खोस्यौँ, ठूलो सफलता हो
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ फुटबल एकेडेमीका मुख्य प्रशिक्षक गणेश खड्काले वाग्मती युवा क्लबबाट अंक खोस्नु ठूलो सफलता भएको बताएका छन् ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आरसी ३२ ले वाग्मतीविरुद्ध ३–० को जित निकालेको थियो । आरसीलाई जित दिलाउन विवेक सन्तोषीले दुई र बबिन बोहराले एक गोल गरेका थिए । 

खेलपछि प्रशिक्षक खड्काले वाग्मतीबाट अंक खोस्नु ठूलो सफलता भएको बताएका हुन् । “वाग्मतीविरुद्धको जित ठूलो आत्मबल हो । तर, पनि भर्खर दुई खेल हुँदै छ । लिग अझै लामो छ,” प्रशिक्षक खड्काले बाह्रखरीसँग भने, “हामी धैर्य भएर काम गर्नुपर्छ । वाग्मती निकै बलियो प्रतिद्वन्द्वी पायौँ । उनीहरूले लामो समयदेखि प्रशिक्षण गरिरहेका छन् । उनीहरूबाट अंक खोस्नु भनेको ठूलो उपलब्धि हो ।”

उनले वाग्मतीविरुद्ध टिमले योजनाअनुरूप प्रदर्शन पनि गरेको बताए । “हामीले जे योजना बनाएका थियौँ । त्यो सफल भयो । पहिलो हाफमै २–० को अग्रताले दोस्रो हाफ सहज बनायो । वाग्मतीको खेल्ने तरिका अध्ययन गरेर प्रशिक्षणमा बनाएको योजना सफल भयो । खेलाडीहरूले धेरै राम्रो खेले । वाग्मती सी को राम्रो टिम हो । उनीहरूविरुद्ध हाम्रो टिमले उत्कृष्ट प्रदर्शन गर्‍यौँ,” उनले थपे ।

यस्तै, आरसी ३२ का कप्तान रोहन कार्कीले भने टिम उपाधि लक्ष्यमा अघि बढिरहेको बताए ।

“वाग्मती कठिन प्रतिद्वन्द्वी हो । ऊ पनि उपाधिका लागि तयार भएर आएको छ । उनीहरूले लामो समयदेखि तयारी गरिरहेका छन् । त्यसैले हामीले उनीहरूलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएका थियौँ,” कप्तान रोहनले भने, “म आफ्नो टिमलाई उपाधि दाबेदार मान्छु । गएको संस्करणमा पनि हामी एक अंकले बी डिभिजनमा उक्लिनबाट चुकेका हौँ । यसपालि पनि उपाधिका लागि राम्रो तयारी गरिहेका छौँ । योजनाअनुसार भइराखेको पनि छ । सबै एउटा टिम बनेर गरिरहेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro