राजनीति

काठमाडौं । नेकपा (एमाले)की सांसद जुलिकुमारी महतोले सरकार ढाल्ने दिवास्वप्न साकार नहुने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा दुई ठूला दल मिलेर सरकार बनेपछि स्थायित्वको युग सुरु भएको बताइन् ।
“अब सत्ताको खेल होइन, स्थायित्वको युग सुरु भएको छ । जो कोहीले मनगणन्ते सपना देखेर यो सकार ढालिन्छ भन्ठान्नुभएको छ भने सम्झनुहोस् दिनमा देखेको सपना कहिल्यै साकार हुँदैन,” उनले भनिन् ।
जनताले स्थायित्व चाहेको उनको भनाइ छ । उनले साझा सपना देख्न लक्ष्य लिन आवश्यक भएको बताइन् ।
जनताले ल्याएको लोकतन्त्र जनताले नै बचाउने उनले बताइन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १२:०७
प्रतिक्रिया दिनुहोस्