काठमाडौं । सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौू महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।
यसैगरी परियारको साथबाट प्रहरीले ६ हजार तीन सय ५० तथा बस्नेतको साथबा चार लाख १० हजार रुपैयाँ नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।
“पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” उनले भने । रासस