site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ मा

विराटनगर । कोसी प्रदेशसभाको विशेष अधिवेशन आउँदो वैशाख ६ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार अधिवेशन आह्वान गरेका हुन् ।

केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा सरकार परिवर्तनको प्रयास सुरु भएको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सरकारले भने जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो । तर, सरकारको पत्रमा मिति गलत हुँदा फिर्ता भएको थियो । त्यसअघि नै विशेष अधिवेशनको समावेदन भएकोले आह्वान भएको बताइएको छ ।

Koshipradesh-1712745104.jpg
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro