राजनीति
विराटनगर । नेपाली कांग्रेस नेतृत्वको कोसी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।
प्रदेशसभा सचिवालयमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारमा माओवादीका राजेन्द्र कुमार कार्की सामाजिक विकासमन्त्री, गणेश उप्रेती पर्यटन, वन तथा वातावरणमन्त्री र नारायण बुर्जा मगर खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री थिए ।
केन्द्रमा गठबन्धन फेरिएपछि कोसी प्रदेशमा पनि सरकार परिवर्तनको प्रक्रिया सुरु भएको हो ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १६:०६
प्रतिक्रिया दिनुहोस्