site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीवन र डीएसपी कुँवरबीच आठ महिनामा ८२ पटक फोन, आयोगले लेखिदियो दुई हजार ४१० पल्ट

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवर र फरार आरोपित जीवन चलाउनेबीचको फोन सम्पर्कको रिपोर्ट गलत उल्लेख गरेको खुलेको छ ।

सो आयोगले डीएसपी कुँवर र चलाउनेबीच ०७९ पुस १६ देखि ०८० भदौ २५ गतेसम्म दुई हजार ४१० पटक फोन सम्पर्क भएको उल्लेख गरेको छ । तर, कुँवरले सुन्धारास्थित नेपाल टेलिकमको कार्यालयमा निवेदन दिएर आइतबार (हिजो) निकालेको ‘कल डिटेल’मा उक्त अवधिमा उनीहरूबीच ८२ पटक मात्र फोन सम्पर्क भएको देखिएको छ । डीएसपी कुँवर र चलाउने दुवै अछामका बासिन्दा हुन् ।

Dabur Nepal
NIC Asia

डीएसपी कुँवरले अछामकै चिनेको मानिस भएकाले चलाउनेसँग फोन सम्पर्क हुने गरेको स्वीकार गर्दै आएका छन् । तर, चलाउनेले गरेको सुन तस्करीबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।

सुन तस्करी जाँचबुझ आयोगले भने चलाउनेसँग फोन सम्पर्क देखिएको भन्दै उनलाई विभागीय कारबाही सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट प्रहरी प्रधान कार्यालयमा तानिएको छ । उनीबाहेक चलाउनेसँग अरू प्रहरी अधिकारीको पनि फोन सम्पर्क देखिएको छ । तर, कुँवरलाई मात्र कारबाही सिफारिस गरिएको थियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा उनी संलग्न थिएनन् । सो प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको समेत कमजोरी देखिएपछि एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाल र सीआईबीकी तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्यलाई समेत कारबाही सिफारिस गरिएको थियो । उनीहरू सबैजनालाई सीआईबीबाट हटाइएको छ ।

गएको साउनमा भएको ६० किलो सुन तस्करी प्रकरणमा सरकारले असोजमा पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगले चैत १ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro