राजनीति
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले संसदीय छानबिनको अडान कायम राखेको बताएका छन् ।
सोमबार सभामुखले डाकेको प्रमुख दलको बैठकपछि लामिछानेले नेपाली कांग्रेसले संसदीय छानबिनको अडान कायम राखेकाले कुनै सहमति हुन नसकेको जानकारी दिए । “उहाँहरूको अडान कायम छ, फेरि बस्ने कुरा भएको छ,” लामिछानेले भने ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग राख्दै संसद्मा विरोध जनाउँदै आएको छ ।
सत्तापक्ष दलहरूले भने आरोप लागेको सबैमाथि छानबिन गरेर साँध्य नहुने भन्दै प्रतिपक्षको मागलाई टार्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १५:२०
प्रतिक्रिया दिनुहोस्