site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानका प्रधानमन्त्रीले भने– विश्व ऐतिहासिक मोडमा हुँदा रक्षा नीति फेर्न बाध्य 
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूराजनीतिक तनावले विश्व ऐतिहासिक मोडमा धकेलिएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग तय भएको सम्मेलनअघि किशिदाले आइतबार सीएनएनसँग यस्तो बताएका हुन् ।

उनले जापान अहिले आफ्नो रक्षात्मक स्थिति फेर्न बाध्य भएको जिकिर गरे ।  “युक्रेनमा रुसको आक्रमण, मध्यपूर्व र पूर्वी एसियाको अवस्था देखिरहँदा हामी ऐतिहासिक मोडको सामना गरिरहेका छौँ,” किशिदाले भने ।

जापानले आफ्नो रक्षात्मक नीति फेरेको बताउँदै उनले अगाडि भने, “त्यसैले जापानले आफ्नो रक्षात्मक क्षमतालाई मौलिक रूपमा सुदृढ गर्ने निर्णय गरेको छ र हामीले यी मोर्चामा जापानको सुरक्षा नीतिमा ठूलो परिवर्तन गरेका छौँ ।”

बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेका बेला जापान र अमेरिकाबीचको गठबन्धन अझ बढी महत्त्वपूर्ण हुँदै गइरहेको उनले उल्लेख गरे ।

बुधबार बाइडेन र किशिदाबीच वासिङटनमा भेटवार्ता हुँदै छ । किशिदाले अमेरिकी संसद्लाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

यस्तै, उनले बाइडेन र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसहितको त्रिपक्षीय शिखर सम्मेलनमा भाग लिनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro