site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा आज सूर्यग्रहण, यी स्थानमा हुँदै छ ‘अन्धकार’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाका १५ राज्यका केही स्थानमा आज (अप्रिल ८) एकछिन ‘अन्धकार’ हुने भएको छ । चन्द्रमाको छाया परेर ती स्थानमा पूर्ण सूर्यग्रहण देखिने भएको हो ।

चन्द्रमाको छाया परेर अन्धकार हुने यो अवस्था मेक्सिकोबाट सुरु भएर क्यानडासम्मको उत्तरपूर्वी दिशामा केही घण्टासम्म रहनेछ । ठ्याक्कै चन्द्रमाको छाया परेर अन्धकार हुने भागलाई ‘समग्रता’मार्ग भनिएको छ । ती स्थानमा बस्ने करिब चार करोड ४० लाख मानिसले पूर्ण सूर्यग्रहण अर्थात् केही बेरको अन्धकार देख्नेछन् ।

कसरी हुन्छ, के हो पूर्ण सूर्यग्रहण ?
चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अन्धकार हुन्छ । यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ । योपटक पूर्ण ग्रहण १८५ किलोमिटर चौडाइ र १६ हजार किलोमिटर लामो समग्रता मार्गमा देखिँदै छ ।

यो मेक्सिकोको सिनालोआबाट सुरु भएर १५ अमेरिकी राज्य पार गर्दै क्यानाडाको ओन्टारियो, क्युबेक, न्यु ब्रन्सविक, नोभा स्कोटिया, प्रिन्स एडवर्ड आइल्यान्ड र न्यु फाउन्डल्यान्डमा पर्छ । सुरुआती विन्दुमा बिहान करिब ९ बजेर ५१ मिनेटमा सुरु भएर न्यु फाउन्डल्यान्डमा साँझ ५ बजेर १६ मिनेटमा ग्रहण देखिनेछ ।

Global Ime bank

अमेरिकाका टेक्सास, ओक्लाहोमा, अर्कान्सास, मिसौरी, केन्टकी, टेनेसी, इलिनोइस, इन्डियाना, ओहायो, मिशिगन, पेन्सिल्भेनिया, न्युयोर्क, भर्मन्ट, न्यु ह्याम्पशायर र मेन राज्यमा चन्द्रमाको छाया पर्ने बताइएको छ ।

यी राज्य समग्रतामार्ग अर्थात् चन्द्रमाको छाया पर्ने स्थानमा रहेकाले एकछिन अन्धकार देखिनेछ । सबैभन्दा लामो समय मेक्सिकोको टोरेनमा चार मिनेट २७ सकेन्डसम्म अन्धकार हुनेछ ।

ग्रहण आंशिक रूपमा लगभग पूरै अमेरिकाबाट पनि देखिने बताइएको छ । ग्रहण हेर्नकै निम्ति बनाइएका चस्मा प्रयोग गरेर हेर्न अन्यथा आँखामा स्थायी क्षति समेत हुन सक्ने भनिएको छ ।

प्रत्येक १८ महिनामा पृथ्वीमा पूर्ण सूर्यग्रहण देखिन्छ । तर, बाक्लो जनसंख्या भएको र धेरै मानिसले देख्ने ठाउँमा यस्तो ग्रहण लाग्दा बढी चर्चा हुने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC