site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारी बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।  बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकले मंगलबार बस्ने संसद् बैठकमा आफ्नो अडानबारे निर्णय लिने र संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्