site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संसद्‌बाट नभ्याए अध्यादेशमार्फत दर्जन कानुन संशोधन गर्छौँ : अर्थमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका निम्ति सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

लगानी संकुचन गर्ने ठानिएका दर्जन कानुन सकेसम्म संसद्‌बाटै र समयाभावले नभ्याइने भए अध्यादेशमार्फत संशोधन गरिने उनले उल्लेख गरे । त्यसका निम्ति राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए ।

Dabur Nepal
NIC Asia

“भरसक संसद्‌बाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानुन संशोधन गर्छौँ । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौँ,” मन्त्री पुनले भने ।

आन्तरिक लगानीका निम्ति पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने उने बताए । तेस्रो लगानी सम्मेलन आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ ।

विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उनले सुनाए ।

आफू जिम्मेवारीमा आएपछि ७० अर्ब रुपैयाँ बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै उनले बजार चलायमान हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट पारे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro