site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व मुवाँथाईका पदक विजेता नगदसहित सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण जितेका थिएनन् ।

विश्व च्याम्पियनसिपको आठौँ सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धि मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो । यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारेतर्फ स्वर्ण जितेका थिए ।

Global Ime bank

विश्व च्याम्पियनसिपको १९औँ संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी थिइन् । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी थिइन् । एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राईले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते ।

गुणराजले १ लाख, परिकाले ५० हजार तथा सुशिल, सञ्जय र गुमानले समान १०–१० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र पाए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा प्रशिक्षकद्वय राहुल मोक्तान र विगेन दराइ पनि समान १०–१० हजार रुपैयाँ र प्रशंसासहित सम्मानित भए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !