site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविका पदाधिकारी नियुक्ति ढिलाइबारे चार पूर्वउपकुलपतिले उठाए प्रश्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का चारजना पूर्वउपकुलपतिले त्रिविका पदाधिकारीहरूको नियुक्तिमा भइरहेको 'अस्वाभाविक ढिलाइ'बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्रिविको उपकुलपति नियुक्ति भएको लामो समय बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिस्ट्रारसहितका पदाधिकारीहरूको नियुक्तिमा ढिलाइ भइरहेकोछ ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले एक वक्तव्यमार्फत योग्यताको आधारमा त्रिविका पदाधिकारी तत्काल नियुक्त गर्न आग्रह गरेका छन् ।

उनीहरूले नियुक्तिमा ढिलो भएको कारणबारे शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन रहेको पनि बताएका छन् । त्यसबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यहरूमा परिरहेका समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित नभएको उनीहरूको भनाइ छ ।

Global Ime bank

"उपकुलपतिले आफ्नो टिम बनाई काम गर्ने सुविधा पाउनुपर्छ भनी हामीले भनिआएका छौँ । यसरी पदाधिकारीहरूको नियुक्तिमा ढिलो हुनु भनेको विश्वविद्यालयको नियमित काममा जानी नजानी अवरोध ल्याउनु पनि हो । अतएव, योग्यताको आधारमा त्रिविका पदाधिकारीहरूको अविलम्ब नियुक्त गरेर उपकुलपतिको टिम पूरा गर्दै विश्वविद्यालयको नियमित काम सुचारु गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौँ," उनीहरूले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय