site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा सोमबार सूर्य ग्रहण लाग्दै, यी स्थानमा हुँदैछ ‘अन्धकार’

काठमाडौं । अमेरिकाको १५ राज्यका केही स्थान आउँदो सोमबार (अप्रिल ८)का दिन केहीबेरका लागि ‘अन्धकार’ हुने भएको छ । चन्द्रमाको छाया परेर ती स्थानमा त्यस दिन पूर्ण सूर्यग्रहण देखिने भएको हो ।

चन्द्रमाको छाया परेर अन्धकार हुने यो अवस्था मेक्सिकोबाट सुरु भएर क्यानडासम्मको उत्तरपूर्वी दिशामा केही घण्टासम्म रहनेछ । ठ्याक्कै चन्द्रमाको छाया परेर अन्धकार हुने भागलाई ‘समग्रता’ मार्ग भनिएको छ । ती स्थानमा बस्ने करिब चार करोड ४० लाख मानिसले पूर्ण सूर्यग्रहण अर्थात् केहीबेरको अन्धकार देख्नेछन् ।

कसरी हुन्छ, के हो पूर्ण सूर्यग्रहण ?
चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । हामीले पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ । यसपटक पूर्ण ग्रहण १८५ किलोमिटर चौडा र १६ हजार किलोमिटर लामो समग्रता मार्गमा देखिँदैछ ।

यो मेक्सिकोको सिनालोआबाट सुरु भएर १५ अमेरिकी राज्य पार गर्दै क्यानाडाको ओन्टारियो, क्युबेक, न्यू ब्रन्सविक, नोभा स्कोटिया, प्रिन्स एडवर्ड आइल्यान्ड र न्यूफाउन्डल्यान्डमा पर्छ । सुरुआती विन्दुमा बिहान करिब ९ बजेर ५१ मिनेटमा सुरु भएर न्यूफाउन्डल्यान्डमा साँझ ५ बजेर १६ मिनेटमा ग्रहण देखिनेछ ।

अमेरिकाको टेक्सास, ओक्लाहोमा, अर्कान्सास, मिसौरी, केन्टकी, टेनेसी, इलिनोइस, इन्डियाना, ओहायो, मिशिगन, पेन्सिल्भेनिया, न्यूयोर्क, भर्मन्ट, न्यू ह्याम्पशायर र मेन राज्यमा चन्द्रमाको छायाँ पर्ने बताइएको छ ।

यी राज्यको समग्रता मार्ग अर्थात् चन्द्रमाको छाया पर्ने स्थानमा रहेकाले एक छिन अन्धकार देख्नेछन् । सबैभन्दा लामो समय मेस्किोको टोरेनमा चार मिनेट २७ सकेन्डसम्म अन्धकार हुनेछ ।

ग्रहण आंशिक रूपमा लगभग पूरै अमेरिकाबाट पनि देखिने बताइएको छ । ग्रहण हेर्नकै लागि बनेका चस्मा प्रयोग गरेर हेर्न अन्यथा आँखामा स्थायी क्षतिसमेत हुनसक्ने भनिएको छ ।

प्रत्येक १८ महिनामा पृथ्वीमा पूर्णसूर्यग्रहण देखिन्छ । तर, बाक्लो जनसंख्या भएको र धेरै मासिनले देख्ने ठाउँमा यस्तो ग्रहण लाग्दा बढी चर्चा हुनेगर्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro