site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चार वर्ष पुरानो रविको ट्विटमा विश्वप्रकाशको टिप्पणी– हामी त्यति क्रान्तिकारी छैनौँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चार वर्ष पुरानो ट्विटमा टिप्पणी गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई महामन्त्री शर्माले पुरानो ट्विट सम्झाएर आफूहरूको माग संसदीय छानबिन समिति रहेको बताएका छन् ।

बुधबार राति एक्समा शर्माले लामिछानेको पुरानो पोस्टलाई रिट्विट गरेर लेखेका छन्, "मित्र रवि लामिछाने, यहाँले त राजीनामा नै माग्नुभएको रहेछ, हामी माग्दै छैनौँ र माग्दैनौँ । आरोपित मन्त्रीले राजीनामा नदिए ‘कार्यकक्षबाटै’ पक्राउ गरिनुपर्ने यहाँको धारणा रहेछ । हामी त्यति क्रान्तिकारी सायद छैनौँ, जिम्मेवार ढंगले हाम्रो माग केवल यत्ति छ– संसदीय छानबिन समिति ।"

सन् २०२० को फेब्रुअरी २० मा लामिछानेले प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने र अविलम्ब छानबिन गर्नुपर्ने बताएर ट्विट गरेका छन् ।

लामिछानेले भनेका थिए, "बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरूको कर्तुत पनि हेर्दै जाऊँ, ३ वर्ष बाँकी छ। कुरौँ... नोटः प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनु पर्छ र अविलम्ब छानबिन सुरु हुनु पर्छ। राजीनामा नदिए ‘कार्यकक्ष’ बाटै पक्राउ गरिनुपर्छ ।"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu