site stats
बाह्रखरी :: Baahrakhari
देश
वडा सदस्यको निधन
प्रतीकात्मक तस्बिर ।

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ  ।

लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए । वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

उनले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताए । गाउँपालिका तथा मातहतका कार्यालय (अति आवश्यक सेवाबाहेक) आज बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

दिवंगत रायको दुई छोरा, दुई छोरी र श्रीमती छन् । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu