site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सर्वाेत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सर्वाेत्तम सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट कर प्रयोजनसहित हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी चार अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । कम्पनीले आगामी वैशाख १२ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।

चैत ३० गते एक दिन कम्पनीले बुक क्लोज गरेको छ । यही आधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro