site stats
बाह्रखरी :: Baahrakhari
देश
ढोलाहिटी हत्या प्रकरणका पाँचौँ आरोपित राजु गुरुङले गरे आत्मसमर्पण

काठमाडौं । ललितपुरको ढोलाहिटी हत्या घटनाका पाँचौँ आरोपित राजु गुरुङले आत्मसमर्पण गरेका छन् ।

चैत गते फागुपूर्णिमाको राति ललितपुर महानगरपालिका–२६ स्थित ढोलाहिटीमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका–१३ का २८ वर्षीय रेवश राईको हत्या भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हत्यामा संलग्न भएको आरोपमा खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईसहित चारजना सोही दिन राति पक्राउ परेका थिए । राजु फरार थिए ।

तेह्रथुमका राजुले जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेर मंगलबार आत्मसमर्पण गरेको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्